काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेकी छन्।
शीतल निवासमा शपथ ग्रहणपछि उनी सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।
मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। पदभार ग्रहणका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैंगीक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन्।

प्रतिक्रिया