थाइल्याण्ड-कम्बोडिया सीमा विवाद: हवाई आक्रमण जारी

थाइल्याण्ड-कम्बोडिया सीमा विवाद: हवाई आक्रमण जारी


काठमाडौँ। कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।

विज्ञप्तिमा बिहान ५:५० र ५:५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६:०२ र ६:०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६:१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।

कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन ।” थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कम्बोडिया-थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः सुरु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “उहाँले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गर्नुभयो र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गर्नुभयो ।”