एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत

एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत


काठमाडौँ। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।

एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।

राष्ट्रिय सभाको अध्यक्षमा जिम्मेवारीबाट बिदा भएपछि पार्टी राजनीतिमा सक्रिय रहेका तिमिल्सिनालाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । तिमिल्सिना २०७४ देखि ६ वर्ष राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा थिए ।