काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरू राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।
महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रूपमा भूमिका खेल्ने बताए ।
महासचिव पोखरेलले पार्टीले युवाहरूलाई अगाडी बढाउने बताउँदै भने- ‘यो महाधिवेशनमा हामीले नवयुवाहरूलाई नेपालको राजनीतिको आधार स्तम्भको रूपमा अगाडी बढाउने प्रयास गरिसकेका छौँ र बन्दसत्रबाट यसलाई सुनिश्चित गर्दैछौं ।’

प्रतिक्रिया