एमाले महाधिवेशनमा झाँकी प्रदर्शन

एमाले महाधिवेशनमा झाँकी प्रदर्शन


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।

विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उद्घाटन स्थल पुगेका छन् । नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो ।

पञ्चेबाजा नौसिंगे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए । भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।