काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रतिकुल माहौल देखेपछि रे केपी ओलीले बन्दशत्र सारेका छन् । बन्दशत्र रोकेर अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ ।
यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२:३० बजेको लागि सारिएको छ । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् । यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।
एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।

प्रतिक्रिया