कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध अख्तियारमा मुद्दा

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध अख्तियारमा मुद्दा


 

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद तथा काठमाडौं क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निवर्तमान सांसद चालिसेविरुद्ध विशेष अदालत बबरमहलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख (मेयर) चालिसेबिरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

चालिसेलाई कांग्रेसको काठमाडौं जिल्ला तीन नम्वर क्षेत्रीय कार्यसमितिले आगामी फागुन २१ गतेको निर्वाचनका लागि एकल नाम उम्मेदवारको रुपमा सिफारिस गरेको थियो।

मुद्दा दायरसँगै अब मुद्दाको अन्तिम किनारा नलागेसम्म चालिसे उम्मेदवार बन्न पाउने छैनन्। चालिसे यसअघिको संघीय संसदको प्रतिनिधि सभा अन्तरगतेको अर्थ समितिका सभापति हुन्।