काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा केही बेर अघिबाट बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्द सत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो ।
हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो । बन्द सत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ ।
केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

प्रतिक्रिया