काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको सचिवालयले जनाएको छ ।

पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधन शोक प्रस्ताव पारित गर्न काँग्रेसले बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई उपस्थितिका लागि सूचित गरिएको बताइएको छ ।