एमालेमा फर्केका झाक्री र श्रेष्ठलाई ओली समूहको पदाधिकारीमा ‘नो इन्ट्री’

एमालेमा फर्केका झाक्री र श्रेष्ठलाई ओली समूहको पदाधिकारीमा ‘नो इन्ट्री’


काठमाडौ  । नेकपा एस र नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर अहिले नेपाली क्यमुनिस्ट पार्टी बनेको बेला नेपाली कम्युनिस्ट पार्टी एमालेले भने घर फर्क अभियान चलायो । जसबाट एमाले विभाजन गरी नेकपा एसमा गएका नेताहरू एमालेमा फर्किए । यीमध्ये चर्चित नेतृ हुन् रामकुमारी झाक्री । उनीसँगै कृष्ण श्रेष्ठ किसानप नि एमालेमा फर्किका थिए । उनीहरूलाई एमालेमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले फूलको माला नै लगाइदिएका थिए ।
तर, जारी एमालेको ११ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कमिटीका लागि उम्मेदवारी दर्ता हुँदा घर फर्क अभियानबाट एमालेमा फर्किएका नेताहरू ओली समूहको पदाधिकारी उम्मेदवारमा अटाएनन् । जबकि रामकुमारी जेन जी आन्दोलनपछि चौतर्फी आलोचना खेपिरहेका ओलीको बचाउमा उग्र भएर लागेकी थिइन् । उनी सचिवको अकांक्षी थिइन् । तर, उनी ओली समूहको उम्मेदवारको सूचीमा सदस्यमा मात्र अटाएकी छिन् । श्रेष्ठ पनि सदस्यको उम्मेदवार सूचीमा छन् । संस्थापनपक्षबाट सचिव बन्ने तयारी रामकुमारीको थियो । तर, अहिले उनलाई सचिव बनाउन ओली अनिच्छुक देखिएका छन् ।