काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको समर्थकमा भने महेन्द्र प्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको टिममा छिन् ।

प्रतिक्रिया