पृथ्वी सुब्बा गुरुङको चुनावी प्रचारमा भृकुटीमण्डप पुगिन् गायिका ज्योति (भिडियाे)

पृथ्वी सुब्बा गुरुङको चुनावी प्रचारमा भृकुटीमण्डप पुगिन् गायिका ज्योति (भिडियाे)


काठमाडौं । गायिका ज्योति मगर नेकपा (एमाले)को चुनावी प्रचारमा सहभागी भएकी छन् । मंगलबार (पुस १)उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा देखिएकी हुन् । उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङ र पुर्ण बहादुर गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् । ज्योति मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिंडेको बताइन् । ‘युवामा पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो,’ उम्मेदवारको नाम लिँदै उनले भनेकी छन्, ‘समावेशीता चाहियो ।’