एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११आँै राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बन्नुभएका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता लिनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उहाँले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिनुभएको थियो ।

खुला केन्द्रीय सदस्य पदका लागि दिएको उहाँको उम्मेदवारी भने कायमै छ ।
एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।