नेपाली कांग्रेसले क्रम संख्यासहितको कृयाशिल सदस्यता फारम पुन:जिल्ला पठाउने भएको छ ।
महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको सदस्यता ब्यावस्थापन समितीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि उक्त समितिले ५ लाख सबस्यता छपाई गरि आफ्ना तल्लो निकायमा पठाएको थियो । यसरी पठाइएका फारमा क्रम संख्या उल्लेख नगरी पठाएपछि चर्को बिबाद भएको थियो ।
आज बिहान नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भएको भेटमा क्रियाशील सदस्यता वितरणमा तीव्र असन्तुष्टि व्यक्त गर्नु भएको थियो । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या (सिरियल नम्बर) नै नराखी फारम जिल्ला–जिल्लामा पठाएको घटनाप्रति कोइरालाले कडा आक्रोश पोखेका छन्। यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न गरेको भन्दै उहाँले तत्काल फारम फिर्ता मगाएर नयाँ नम्बर सहितका फारम पठाउन सभापति देउवालाई निर्देशन दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया