जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने

जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने


प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । सरकारले जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए ।

आयोगको मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीको भनाइ छ । आयोगको म्याद यही ९ पुसमा सकिँदै छ ।