एमाले नेतृत्व चयनको प्रक्रियाः सात घण्टामा ७२० मत खस्यो

एमाले नेतृत्व चयनको प्रक्रियाः सात घण्टामा ७२० मत खस्यो


 

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि आज विहानबाट भएको मतदान प्रक्रिया निकै सुस्त भएको छ।

साँझ साडे ४ बजेसम्ममा ७ सय २० मत मात्र खसेको छ। सात घण्टामा यति न्युन मत खसेपछि मतदान कार्य बुधबार १२ बजेसम्म पनि नसकिने निश्चित भएको छ।

बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो। एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि २२ सय ६६ जना मतदाता रहेका छन्।