अमेरिकामा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा बिहीबार एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको छ।
नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो। मृतकमध्ये बिफल र उनका नजिकका परिवारका सदस्य रहेको आशंका गरिएको छ। विमान बिफलसँग सम्बन्धित एक कम्पनीको नाममा दर्ता भएको जनाइएको छ। सातै यात्रुको नाम चिकित्सक कार्यालयबाट औपचारिक प्रमाणित भएपछि सार्वजनिक गरिने अधिकारीहरूले बताए। विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०स्१५ बजे दुर्घटना भएको हो। स्थानीय तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान रनवेमा आगोले घेरिएको अवस्था देखिएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानका लागि टोली पठाइरहेको र शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक जानकारी दिने भएको छ।
५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए। उनले २०२२ मा टलाडेगामा भएको गेइको ५०० पछि अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए। सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन खुल्ने अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया