देउवाले शनिबार किन छलफलका लागि बोलाए चारै जना उपसभापति र महामन्त्रीलाई?

देउवाले शनिबार किन छलफलका लागि बोलाए चारै जना उपसभापति र महामन्त्रीलाई?


 

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६ देखि २८ गतेसम्म हुने नेपाली कांग्रेसको १५आंै महाधिवेशनको तयारीका विषयमा जानकारी लिन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्ने भएका छन्।

कांग्रेसको महाधिवेशनको मिति आउन तीन हप्ता मात्रै वाँकी छ। तर पार्टीको क्रियाशिल सदस्यहरुको नविकरण कार्य सम्पन्न भएको छैन भने नयाँको सदस्यता वितरण अधकल्चो छ।

पार्टी सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएका महामन्त्रीद्वयले आगामी फागुन २१ गते अघि नै विशेष महाधिवेशनको लागि हाव्हान दबाब दिएर विषायन्तर भएपछि अहिले फितलो व्यवस्थापनका कारण निर्धारित समयमा आगामी २६–२८ पुसमा हुने महाधिवेशन गर्न जटिलता थपिदैछ।

पार्टीका क्रियाशि सदस्यहरुको सदस्यता नविकरणका लागि पठाइएको सदस्यता फारममध्ये करिव चार लाख फारमको सिरियल नम्वरको छाप नभेटिएपछि पुन अर्को फारम वितरण गरिएको छ।
नविरकण गरिएका सदस्यहरुको रेकर्ड पार्टी केन्द्रीय कार्यालयमा अझै आईसकेको छैन।

त्यसैले निर्धारित समयमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नको लागि सुझाव दिन सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयलाई छलफलमा बोलाएको बुझिएको छ।

छलफलका लागि सभापति देउवाले कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।

सभापति देउवाले शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनीहरुलाई बोलाएका हुन्। महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाकेको जनाइएको छ। जानकारी गराइएको छ।

पुस १६ गते वडा अधिवशेन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ। तर कांग्रेसका अनुभवी नेताहरु यो कार्यतालिकाको समयावधि अत्यन्तै साँघुरो भएकाले वडा, गाउँ–नगर, प्रदेश क्षेत्रीय, संघीय निर्वाचन क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशन असम्भव हुने बताई रहेका छन्।

निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति नै बन्न सकेको छैन।