कानको मुन्द्राका लागि नातिले गरे हजुरआमाको हत्या

कानको मुन्द्राका लागि नातिले गरे हजुरआमाको हत्या


पोखरा । हजुरआमाले कानमा लगाएको मुन्द्राका लागि आफ्नै नातिबाट मारिनु परेको छ ।

पोखरा महानगरपालिका वडा नं । ३१ बाँसपानी बस्ने वर्ष ७५ की दालकुमारी परियारको हत्या उनकै २२ वर्षीय नाति आशिष परियारले गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।

उनले बन्चरो हानेर हजुरआमाको हत्या गरेका हुन् । हत्यापछि हजुरआमाको कान काटेर आशिषले मुन्द्रा लगेका थिए । घटना बिहीबारको हो ।प्रहरीले आशिषलाई पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकबाट सुनका गहना सहित पक्राउ गरेको हो ।

उनीबाट प्रहरीले पहेँलो रङको कानमा लगाउने २ थान, ७२ लालको ४ थान सानो मुन्द्रा र घटनामा प्रयोग भएको बन्चरो र चक्कु बरामद गरेको छ ।