न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने


बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रुास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्‌नो लागि नभई देशको लागि भएको बताएका हुन् ।

उनले भने, “न्यायको यो लडाइँ मेरो बाकी नै छ । मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ । लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि । यो देशको न्यायका लागि लड्नुपर्ने छ ।”

अन्य दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको बताउँदै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताएका हुन् ।

उनले भने, “यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नु छ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।”