भोलिबाट देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

भोलिबाट देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा


काठमाडौं। जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

आइतबार राजधानीमाआयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले सुशीला कार्की नेतृत्वको सरकारको औचित्य समाप्त भएको भन्दै भोलि सोमबार ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन्।

गत भदौ २३–२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ।

जेनजी आन्दोलनको सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग राखेर आन्दोलन घोषणा गरिएको बताए।

ढुंगानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे। उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।