देउवा र पदाधिकारीबीच सहमति: माघ २ बाट वडा अधिवेशन

देउवा र पदाधिकारीबीच सहमति: माघ २ बाट वडा अधिवेशन


काठमाडौ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन यसअघि पुस २६–२८ गते काठमाडौंमा हुने भनिए पनि क्रियाशील सदस्यता विवाद, राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको छ। सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूबीच भएको छलफलमा माघ २ गतेबाट वडा अधिवेशन सुरु गरी क्रमशः अन्य तहका अधिवेशनहरू सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका बनाउने सहमति भएको एक नेताले बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यसअघि पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्नु, अन्तिम नामावली तयार नहुनु, सदस्यता फारम वितरणमा समस्या तथा अन्य समितिहरू गठन हुन नसक्नुजस्ता कारणले पुसमै अधिवेशन सम्भव नदेखिएपछि माघ २ गतेबाट वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गर्ने निर्णय भएको हो। सोमबार बस्ने पदाधिकारी बैठकमा सो कार्यतालिका पेश गर्ने सहमति भएको बताइएको छ । आइतवार बसेको काबा सभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखकबीच भएको छलफलमा सो सहमति भएको ति नेताले बताएकाछन् ।

सहमतिअनुसार, माघ २ गते वडा अधिवेशनपछि क्रमशः नगररपालिका अधिवेशन, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन हुँदै माघको अन्तिम साता वा फागुनको सुरुमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने योजना छ।