काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ उम्मेदवार बन्ने भएका छन् ।
राप्रपा क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो । शाही यसअघिको निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए ।
त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट समानुपातिकका लागि विक्रम लामा, कौशल्या थापा र किशोर देशारको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया