२१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने

२१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने


काठमाडौँ । २१ फागुनको प्रतिनिधि सभा सदस्यको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको छ ।

ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउने गरी काम भइरहेको छ ।

उनले पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा उनले यस्तो जानकारी गराएका हुन् ।