देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला मौसम ?


काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।