राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट

राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।