पूर्व गृहमन्त्री रमेश लेखकले भने : ‘पत्र पाएपछि बयान दिने-नदिनेबारे निर्णय गर्छु’

पूर्व गृहमन्त्री रमेश लेखकले भने : ‘पत्र पाएपछि बयान दिने-नदिनेबारे निर्णय गर्छु’


काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरी नसकेको बताएका छन् ।

लेखकले बयान दिन जाने-नजानेबारे आफूले पत्र पाएपछि निर्णय गर्ने बताएका हुन्।

जेन जेड आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ ।