काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुनः छलफल थालेका छन् ।
अहिले राष्ट्रपति पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’छलफलमा छन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । उनी भने केहीबेरअघि शीतल निवासबाट बाहिरिइसकेकी छिन् ।
उनी बाहिरिएपछि ओली, देउवा र ‘प्रचण्ड’ पुनः छलफलमा बसेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।

प्रतिक्रिया