निर्वाचन आयोगद्वारा ६ दल खारेज

निर्वाचन आयोगद्वारा ६ दल खारेज


काठमाडौँ। निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो ।

लगातार लेखा परीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिबाना नबुझाएकोले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।

खारेज भएका दलमा आमआदमी पार्टी-नेपाल, नेपाल कम्युनिस्ट पार्टी-लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी-गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्