काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालय पुनः निर्माण भइरहेको छ । आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेको थियो ।
अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माण अन्तर्गत सबलीकरणको मात्रै १४ करोड खर्च लाग्ने अनुमान छ ।
डकुमेन्ट र मेसिनरीको ७ करोडबराबरको जलेको अनुमान छ । कार्यालयका ९९ वटा एसी र १५० वटा कम्प्युटर पनि नष्ट भएको थियो ।
भवन पुनः निर्माणका लागि नेपाली काँग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया