\काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरु भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो ।
रवि र बालेनले मंगलबार राति ६ घण्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रूपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।
वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।

प्रतिक्रिया