बालेन-रविबीच छलफल चलिरहँदा अमरेश कुमार सिंह पनि पुगे वार्तास्थल

बालेन-रविबीच छलफल चलिरहँदा अमरेश कुमार सिंह पनि पुगे वार्तास्थल


काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको छ ।

यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् । अहिले रवि र बालेनबीच वान टु वान वार्ता चलिरहेको छ ।