पूर्वरथी बालानन्द शर्मा भए परराष्ट्रमन्त्री

पूर्वरथी बालानन्द शर्मा भए परराष्ट्रमन्त्री


 

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्।

मन्त्री शर्मालाई राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

संयुक्त राष्ट्र संघको लेबनान स्थित शान्ति मिसनका फोर्स कमाण्डर समेत भएका शर्मा माओवादी लडाकु समायोजन विशेष समिति सचिवालयका संयोजक समेत थिए।

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका शर्माले सपथ लगत्तै आज कार्यभार सम्हालेका छन्।

द्वन्द्वग्रस्त लेबनानको सिरियासँगको सीमा गोलानहाईट क्षेत्रमा उनी शान्तिस्थानार्थ खटिएपछि उनको नाम अन्तराष्ट्रिय रुपमै चर्चित बनेको थियो।

सन् २००४ देखि २००७ सम्म तीन वर्ष युएनका फोर्स कमाण्डर भएका शर्मासँग नेपाली सेनामा ३९ वर्षसम्म सेवा गरेको अनुभव छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डर हुने उनी तेश्रो नेपाली नागरिक हुन। त्यसअघि कृष्णनरसिंह थापा र भिक्टर शम्शेर जंगबहादुर राणा पनि युनएनको फोर्स कमाण्डर बनेका थिए।