जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरुद्धको रिट खारेज गरेको हो।

यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन।