काँग्रेसका विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाए

काँग्रेसका विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाए


काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ।

नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण पत्र बुझाएका हुन्।

विशेष महाधिवेशन पक्षधरले २४ सय ८८ को हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाएका थिए। तर पुस २६ गतेका लागि तोकिएको महाधिवेशन कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाएका हुन्।