समानुपातिक नामावली टुंग्याउने कांग्रेस कार्य सम्पादन बैठकको मुख्य एजेन्डा

समानुपातिक नामावली टुंग्याउने कांग्रेस कार्य सम्पादन बैठकको मुख्य एजेन्डा


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो ।शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको र नेताहरुले धारणा राख्ने काम भएको कांग्रेसले जनाएको छ ।बैठकमा नियमित महाधिबेशन अनितिश्च भएपछि बिशेष महाधिबेशनको माग चर्को रुपमा उठेको छ ।

आजको बैठकमा बिशेष महाधिबेशनको टुंगो लगाउन महामन्त्री गगन थापा पक्षेले दवाव दिने भएका छन् भने संस्थापन पक्षले नियमित महाधिबेशनको कार्यतालिका संशोधन गर्ने तयारी रहेको काँग्रेसका एक नेताले बिकासटाइम्सलाई बताए । ति नेताका अनुसार काँग्रेसको तर्फबाट निर्वाचन समितिमा बुझाउनु पर्ने प्रतिनिधिसभाका लागी बन्दसुची (समानुपातिक नाम) समेत कार्यसम्पादनको बैठकबाट नै टुंगो लगाउने भएका छन् ।

महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ । आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।