काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि कुलमान र बालेनबीच भेटवार्ता हुने तय भएको बालेननिकट स्रोतले बतायो ।
“कुलमान घिसिङ र बालेनको भेटपछि मात्रै रविलाई भेटने कुरा भएको छ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने कुरा अहिले नै भन्न सकिएन,” स्रोतले भन्यो । शुक्रबार राति बालेन, उनका सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग गोदाबारीमा बसेका थिए ।

प्रतिक्रिया