शक्ति बाँडफाँटमा विवाद: बालेन–रवि–कुलमान एकताको प्रयासमा ब्रेक

शक्ति बाँडफाँटमा विवाद: बालेन–रवि–कुलमान एकताको प्रयासमा ब्रेक


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एकता हुने कुरामा दुरी बढेको शक्ति बाँडफाड र रास्वपाका नेताहरुको महत्वकाँक्षा मेयर बालेन्द्र साहको सल्लाहकारहरुले अस्वीकार गरेपछि एकताको प्रयास असफल तिर अगाडी बढेको छ ।
बालेननिकट स्रोतकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता वार्ता भने सकारात्मक भएको छैन । आज बिहानै ८ बजे मन्त्री घिसिङलाई भेट्न पुगेका बालुवाटार पुगेका मेयर बालेन्द्र शाहले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित एक भएर सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीबाट आएको प्रस्तावका विषयमा आज बिहान ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गरेका थिए । स्रोतले बताएअनुसार बालुवाटारको कुनै स्थानमा घिसिङसँग भेटवार्ता गर्दै बालेनले रास्वपासँग भइरहेको सहमतिको खाकाबारे ब्रिफिङ गरेका हुन्।स्रोतका अनुसार जवाफमा कुलमानले भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ, त्यसबाट निष्कर्ष निस्किएपछि निर्णय दिन्छु।’ भनेपछि थप अन्यौल सृजना भएको छ ।

सहमतिको खाका बनाउन गठित कार्यदलले शुक्रबार बिहानदेखि पटकपटक गरेको छलफल अन्तिम चरणमा पुगे पनि पूर्णता पाइसकेको छैन।
आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका घोषणा गरेर जान रास्वपा तयार भए पनि केही प्राविधिक विषयमा टुंग्याउन बाँकी भएकाले बालेनले ‘ओके’ गरिसकेका छैनन्।  उनीहरूको वार्तास्थल भने गोप्य राखिएको छ ।