काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक कार्यक्रममा आफू उपस्थित हुँदा अपनाउने कार्यशैलीका विषयमा विभिन्न सात वटा प्रतिवद्धता अघि सारेका छन्। विभिन्न संघ–संस्थाले अर्थमन्त्रीको हैसियतमा औपचारिक कार्यक्रममा गरिने तामझाम र रवाफी शैलीलाई नियन्त्रण गर्ने उद्देश्यले यस्ता ७ वटा प्रतिवद्धता अघि सारेका हुन्।
सामाजि सञ्जाल फेसवुकमा स्टाटस लेख्दै अर्थमन्त्री खनाल आफू कुनै पनि औपचारिक कार्यक्रममा प्रमुख अतिथि भनेर प्रस्तुत हुने समेत जनाएका छन्। उनले आफूलाई कुनै पनि खादा,माल, अबीर र फूलगुच्छा दिएर र वाहिर उभिएर स्वागत गर्न नपाईने बताएका छन्।
उनले कार्यक्रममा आसन ग्रहण स्वीकार्य नभएको जनाउँदै समय मिलेमा आफै खुसुक्क हलमा छिर्ने र तोकेको सिटमा बस्ने जनाएका छन्। खनालले कुनै पनि औपचारिक कार्यक्रममा पाँच मिनेट मात्र बोल्ने प्रतिवद्धता व्यक्त गर्दै मायाको चिने दिन नपाईने र आफूले पनि नलिने जनाएका छन् ।
उनले आकस्मिक काम परेर कार्यक्रममा आउन नसके सोही दिन खबर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। यसअघि खनालले राज्यबाट पाउने सुविधा, मासिक तलव, सुरक्षा, सवारी आदि नलिने घोषणा गरेका छन्।

प्रतिक्रिया