काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो ।
बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। साथै, एघारौँ महाधिवेशनपछि नेताहरूको कार्य विभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया