रवि-बालेन सम्झौता: चार बजेतिर सहमति पत्रमा हस्ताक्षर, कोको थिए साक्षी ?

रवि-बालेन सम्झौता: चार बजेतिर सहमति पत्रमा हस्ताक्षर, कोको थिए साक्षी ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच सात बुँदे सम्झौता भएको छ । उनीहरुबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए ।

 

हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदिप ढकाल,  जेन जेड युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेतलगायत पनि सो कार्यक्रमको साक्षी थिए ।