माघ पहिलो हप्ता बालेन काठमाडौं महानगरपालिकाबाट बाहिरिने

माघ पहिलो हप्ता बालेन काठमाडौं महानगरपालिकाबाट बाहिरिने

सुनिताले सम्हाल्नेछिन् कमाण्ड


काठमाडौं । अगामी माघ पहिलो हप्ताबाट काठमाडौं महानगरपालिकाको कामाण्ड उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने भएकी छिन् । आज बिहान रास्वपा र बालेन्द्र शाह बालेनबीच भएको सहमतिअनुहार बालेन प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने भएसँगै सुनिता कार्यवाहक मेयर भएर महानगरको नेतृत्वमा आउने भएकी हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधि हो भने राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहने भन्दै राजीनामा दिनुपर्ने बताएका छन् ।
बालेनको राजीनामा आएसँगै नियमानुसार सुनिताको नेतृत्वमा महानगर आउने छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते राखेको छ, जसअनुसार बालेनले राजीनामा ५ गते वा ६ गते नै दिएर मनोनयन दर्ता गर्नुपर्नेछ ।