काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेदेखिलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको एमाले सचिवालयले जनाएको छ ।
बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री-शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने बताइएको छ । साथै, बैठकमा समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा रहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन आज र भोलि समय तोकेको छ ।

प्रतिक्रिया