काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले रवि लामिछानेसँग सहकार्य थालेपछि काठमाडौँका मेयर बालेन साहको लोकप्रियता घट्ने दाबी गरेका छन्।
तीन वर्षमा महानगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पाल्नुको अर्थ नहुने उनको टिप्पणी छ ।
उनले भनेका छन्, ‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ ।’

प्रतिक्रिया