बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार

बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन साहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नामावली बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन साह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरूको नामावली बुझाउने सहमति भएको स्रोतले बताएको छ ।

रास्वपा र बालेनबीच भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको बताइएको छ । विभिन्न जेन जेड समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने स्रोतको भनाइ छ ।