काठमाडौँ। जेन जेड आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदी बन्दीहरू पक्राउ परेका छन् ।
आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये ९ हजार ९६० कैदी बन्दीलाई पक्राउ गरेर पुनः कारागारमा ल्याइएको छ ।
अझै पनि ४ हजार ५८० कैदी बन्दीहरू भने कारागार बाहिरै छन् । फरार कैदी बन्दी खोज्न विशेष अपरेसन सुरु गरिएको नेपाल प्रहरीले बताएको छ ।
फरार मध्ये केही विदेशी कैदी बन्दीहरू छन् । धेरैजसो भारतका रहेकाले उनीहरू फरार भएर भारत पुगिसकेको आशंका गरिएको छ । केही कैदी बन्दीहरू भने लुकिछिपी बसेकाले उनीहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइएको छ । फरार कैदी बन्दीहरू विदेश नभाग्नका लागि उनीहरूलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रतिक्रिया