काठमाडौँ । नेपाली काँग्रेस समानुपातिक उम्मेदवारको टुंगो लगाउन जुटेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।
११० जना उम्मेदवारको टुंगो लगाएर भोलि आयोगमा बुझाउने तयारी भइरहेको बताए । उनले भने, ‘प्रदेशबाट जिम्मेवार साथीहरूले नै नाम टुङ्ग्याएर पठाउनुभएको छ। त्यसलाई केन्द्रले हेरेर परिमार्जित गरेर भोलिसम्म आयोगमा बुझाउँछ ।’
फागुन २१ मा निर्वाचन हुने भएपछि काँग्रेस त्यसतर्फ केन्द्रित भएको बताए । अहिले महाधिवेशन भन्दा पनि ११० सांसद चयनको काम महत्त्वपूर्ण भएकाले उम्मेदवार चयनमा केन्द्रित भइरहेको बताए ।

प्रतिक्रिया