काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोरम्बा सैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीको नेता रहेकी कृशला आइतवार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी हुन् । उनी २०७४ मा गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
पुराना पार्टीले जेन जेड आन्दोलनको मर्म बोक्न नसक्ने भएकाले अब नेकपामा नरहने बताइन् ।
रामेछाप कुलमानको गृहजिल्ला हो र माओवादीका रामकृष्ण लामा, खड्ग घिसिङ, अन्जान लामा लगायतका पूर्व जनप्रतिनिधिहरू उज्यालो नेपालमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया