पूर्व गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै

पूर्व गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै


काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन्। २३ गतेको आन्दोलनमा विद्यार्थीहरूमाथि वल प्रयोग गरिएको घटनामा उनीमाथि सोधपुछ हुन लागेको हो।

आन्दोलनको घटनाबारे सोधपुछ गर्न आयोगले पूर्व गृहमन्त्री लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज दिउँसो १२ बजे बयानका लागि जान लागेका हुन् । जेन जेड आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।