मेक्सिकोमा रेल दुर्घटना, १३ जनाको मृत्यु, ९८ घाइते

मेक्सिकोमा रेल दुर्घटना, १३ जनाको मृत्यु, ९८ घाइते


काठमाडौँ । मेक्सिकोमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ९८ घाइते भएका छन् । निजाना शहर नजिकैको घुम्तीमा रेल पटरीबाट खसेको मेक्सिकन नौसेनाले जनाएको छ।

रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य थिए। दुर्घटनामा कुल ९८ जना घाइते भएका छन् भने जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ।